Rumpum Advertisement

आज थप २४ संक्रमितको मृत्यु

आज थप २४ संक्रमितको मृत्यु

विराटनगर, १७ कात्तिक । नेपालमा सोमबार थप २४ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोनाबाट ज्यान गएको जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

विगत २४ घण्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५ सय पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

सोमबार थप ३१ सय ५० जना कोरोनाबाट मुक्त भएसँगै निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ ।