Rumpum Advertisement

आज ३१ सय ५० संक्रमित निको भए

आज ३१ सय ५० संक्रमित निको भए

विराटनगर, १७ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ ।

सोमबार थप ३१ सय ५० जना कोरोनाबाट मुक्त भएसँगै निको हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विगत २४ घण्टामा थप २९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५ सय पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोनाबाट ज्यान गएको छ । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।