Rumpum Advertisement
Dazzu

डब्ल्यूएचओका प्रमुखलाई कोरोना संक्रमण

डब्ल्यूएचओका प्रमुखलाई कोरोना संक्रमण

विराटनगर, १७ कात्तिक । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ)का महानिर्देशक टेड्रोस अथानोम घेब्रेससलाई कोरोना संक्रमण भएको छ ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले आफूलाई कोरोना संक्रमण भएको जनाएका हुन् ।

हाल आफू आइसोलेशनमा रहेको पनि उनले जनाएका छन् ।

‘मलाई कुनै लक्षण देखिएका छैनन् र ठीक छु । विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार म केही दिन सेल्फ क्वारेन्टाइनमा रहनेछु र घरबाटै काम गर्नेछु,’ उनले ट्वीटरमा लेखेका छन् ।

स्वीटजरल्यान्डको जेनेभामा रहेका घेब्रेससलाई संक्रमण भएको हो ।