Rumpum Advertisement
Dazzu

रविको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न माग

रविको कार्यक्रममा कोरोनाबारे अफवाह फैलाएको भन्दै कारबाही गर्न माग

विराटनगर, १७ कात्तिक । नेपाल आयुर्वेद चिकित्सक संघले न्युज २४ च्यानलमा रवि लामिछानेको कार्यक्रममा आयुर्वेद चिकित्सक बताउने बि.पी. तिमल्सिनाका दाबी भ्रामक रहेको भन्दै छानबिन गरी कारबाही गर्न माग गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले व्यक्त गरेका विचारहरू तथा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने व्यवहार संक्रामक रोग नियन्त्रण ऐन २०२०, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन,२०७४, जनस्वास्थ्य ऐन २०७५, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्वारा जारी निर्देशन र सूचनाहरू तथा विश्व स्वास्थ्य संगठनले प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।