Rumpum Advertisement

अमेरिकी स्वास्थ्यविद् भन्छन् : महामारी अवरोधका कारण अमेरिकामा पोलियो जोखिम बढ्न सक्छ

अमेरिकी स्वास्थ्यविद् भन्छन् : महामारी अवरोधका कारण अमेरिकामा पोलियो जोखिम बढ्न सक्छ

विराटनगर, १७ कात्तिक । कोभिड १९ महामारीको फैलन सक्ने सम्भावनाका कारण खोप लगाउने कार्य र यसको निगरानीमा भएको ढिलाइले पोलियोको जोखिम बढ्न सक्ने भन्दै अमेरिकी स्वास्थ्यविद्हरु चिन्तित भएका छन् । पान अमेरिकन स्वास्थ्य संगठन (पीएएचओ) का अनुसार यस क्षेत्रका राज्यहरुले संक्रमण रोकथामका लागि महामारीको समयमा पनि खोप र यसको उचित निगरानीको व्यवस्था मिलाउनु पर्दछ ।

‘यद्दपि यस भूभागमा हामीले पोलियोलाई एकपटक पराजित गरिसकेका छौं, हामीले खोपको उपलब्धता दरलाई घटएको खण्डमा समुदायमा पुनःपोलियो फैलन सक्ने जोखिममा पर्नेछौं,’ पीएएचओ निर्देशक कारिसा इटिएनले भने । ‘यसकारण हाम्रो यस क्षेत्रमा पोलियो उन्मुलनलाई संरक्षण र यस कार्यलाई जारी राख्नका लागि हाम्रो भूमिका पहिलेभन्दा अझ महत्वपूर्ण भएको छ जब कि विश्वको अन्य देशहरु यो लक्ष्य प्राप्त गर्न पर्खिरहेको छ,’ इटिएनले थपे ।

पीएएचओअनुसार, कोभिड १९ महामारीको कारणले रोकथाम गर्न सकिने रोगविरुद्ध प्रतिरक्षा प्रणाली बलियो बनाउन र निगरानी गर्ने कार्यमा अवरोध उत्पन्न गरको छ । ‘अब यस महामारीको समयमा पनि हामीले प्राप्ति गरेको कुरालाई बचाइराख्नका लागि अतिरिक्त परिश्रम गर्नुपर्ने अवस्था आएको छ,’ पीएएचओ प्रतिरक्षा प्रणाली कार्यक्रमको प्रमुख रुइज माटसले भनेका छन् । रुइजले भने कि सरकारबाट बलियो राजनीतिक प्रतिबद्धता, अन्तराष्ट्रिय एजेन्सीहरुबीचको रणनैतिक साझेदारी र स्वास्थ्यकर्मीहरुको साझा सहकार्यले भाइरसविरुद्ध क्षेत्रको लडाइँमा सफलता दिएको छ ।

पीएएचओअनुसार, २०१६ र २०१९ को बीचमा पोलियो भ्याक्सिनको उपलब्धताबारे गरिएको सर्वेक्षणमा ८५ देखि ८७ प्रतिशत पुगेको रिर्पोटले देखाएको थियो । तर २०२०२ मा कोरोना भाइरसले सिर्जना गरेको अवरोधका कारण सो दरमा पुग्न नसिकिने आँकलन गरिएको छ । पोलियो एक पटक सामान्य भाइरस थियो । केही बालबालिकाहरुको स्नायुमा असर पार्न सक्छ, जसको कारणले मांसपेशी कमजारीे वा पक्षघातको कारण बन्न सक्छ । यसको उपचार छैन तर खोपको माध्यमवाट त्यस्तो संक्रमणलाई रोक्न सक्छ ।