Rumpum Advertisement
Dazzu

विद्रोह गर्न नसक्दा कम्युनिष्ट आन्दोलन धरासायी : भट्टराई

विद्रोह गर्न नसक्दा कम्युनिष्ट आन्दोलन धरासायी : भट्टराई

विराटनगर, १७ कात्तिक । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी नेतृत्वले रङ फेरिसकेपछि नेता तथा कार्यकर्ताले विद्रोह गर्न नसक्नु नै कम्युनिष्ट आन्दोलन धरासायी हुनुको कारण भएको बताएका छन् ।

भट्टराईले सोमबार ट्विट गर्दै विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रङ फेरिसकेपछि पनि बाँकी नेता–कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु रहेको उल्लेख गरेका छन् । हिजोका झापाली–माओवादीले यसमा हेक्का राख्नुपर्ने भट्टराईको भनाइ छ ।

ट्विटरमा भट्टराई लेख्छन्, ‘ओली आफ्नो कुबाटोमा दृढ छन्, अरू उनको सती जाने कि बेलैमा नयाकक समाजवादी बाटो बनाउने ?’