Rumpum Advertisement
Dazzu

पार्टी एकता बचाउन पोखरेलको आग्रह

पार्टी एकता बचाउन पोखरेलको आग्रह

विराटनगर, १७ कात्तिक । रक्षा मन्त्री तथा नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले समीकरणको खेलले विभाजनको दुर्भाग्य निम्तिन लागेको बताएका छन् ।

पोखरेलले सोमबार ट्विट गर्दै पार्टी एकताका बेला गरिएको सहमतिविपरित पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको बताए ।

पोखरेलले ट्विटरमा लेखेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खबरदारी गरौं !’ व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाउन उनले आग्रह गरेका छन् ।