Rumpum Advertisement
Dazzu

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १७ कात्तिक । विराटनगर महानगरपालिका–१२ का कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ ।

न्युरो अस्पतालमा ५३ वर्षीय पुरुषको बिहान ८ः५० बजेतिर मृत्यु भएको हो । अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई होम आइसोलेसनमै राखिएको थियो ।

स्वास्थ्यमा समस्या थपिएपछि थप उपचारका लागि न्युरोको कोभिड अस्पतालको आइसोलेसनमा कात्तिक १५ गते भर्ना गरिएको हो । आचार्यले अस्पताल भर्ना गरेर उपचार थालिएको दुई दिन पनि बित्न नपाउँदै संक्रमिण पुरुषको ज्यान गएको जानकारी दिए । उनका अनुसार मृतकमा कोरोना संक्रमणसँगै निमोनिया र उच्च रक्तचापको समस्या पनि देखिएको थियो ।