Rumpum Advertisement
Dazzu

चकलेटको प्रलोभन देखाई दश वर्षीया बालिका करणी गर्ने पक्राउ

चकलेटको प्रलोभन देखाई दश वर्षीया बालिका करणी गर्ने पक्राउ

जनकपुर, १७ कात्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गर्ने भारत बिहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साहलाई पक्राउ गरिएको हो ।

घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् ।

बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखी हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ ।

पक्राउ गरिएका साहलाई शरीर बन्धक एवम् जबरजस्ती करणी मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।