Rumpum Advertisement
Dazzu

गोप्य राखियो बेलायती राजकुमारलाई भएको संक्रमण

गोप्य राखियो बेलायती राजकुमारलाई भएको संक्रमण

विराटनगर, १७ कात्तिक । बेलायती राजकुमार विलियम्सलाई भएको कोरोना भाइरसको संक्रमण लामो समयसम्म गोप्य राखेको खुलासा भएको छ ।

उनलाई गत अप्रिलमै कोरोना संक्रमण भए पनि उक्त विषयलाई बाहिर नल्याइकन गोप्य राखिएको फेला परेको हो । उनले भने देशव्यापी रुपमा चिन्ता नहोस् भनेर आफूले संक्रमणको कुरा गोप्य राखेको जनाएका छन् ।

बेलायती सञ्चार माध्यम बीबीसीका अनुसार उनलाई गत अप्रिलमै कोरोना भएको थियो । प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला प्रिन्स विलियम्स पनि संक्रमित भएको बताइएको छ ।

प्रिन्स विलियम्स कोरोना भाइरसबाट संक्रमित भएको सम्बन्धी खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाका अनुसार ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबर देशव्यापी रुपमा चिन्ता नबढोस् भनेर गोप्य राखेका हुन् ।

उनको उपचार राजदरबारका डाक्टरले गरेको र त्यस क्रममा सरकारी नियमको पालना भएको खबरमा उल्लेख छ। उपचारको अवधिमा राजकुमार नोर्फोकमा रहेको एन्मेर हलमा आइसोलेशनमा बसेको पत्रिकाले जनाएको छ ।