Rumpum Advertisement
Dazzu

बेलको गोलमा टोटनह्यामको जित

बेलको गोलमा टोटनह्यामको जित

विराटनगर, १७ कात्तिक । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले साघुँरो जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले ब्राइटनमाथि २–१ गोलको जित निकालेको हो ।

टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन कप्तान ह्यारी केन र ग्यारेथ बेलले समान एक–एक गोल गरे । ब्राइटनका तारिक लाम्प्टेले एक गोल गरे ।

खेलको १३औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । ५६औं मिनेटमा लाम्प्टेले गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काए ।

७३औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै टोटनह्यामको जित सुनिश्चित गरे ।

जितसँगै टोटनह्याम दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ खेलबाट १४ अंक बनाएको छ । ब्राइटन भने ५ अंकका साथ १६औं स्थानमा छ ।