Rumpum Advertisement
Dazzu

आर्सनलले युनाइटेडलाई उसैको मैदानमा हरायो

आर्सनलले युनाइटेडलाई उसैको मैदानमा हरायो

विराटनगर, १७ कात्तिक । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि आर्सनलले जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले युनाइटेडमाथि १–० गोलको जित निकालेको हो ।

युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा आर्सनललाई जिताउन पेइर्रे–इमरिक औबामेयाङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६९औं मिनेटमा औबामेयाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई जिताए ।

जितसँगै आर्सनल आठौं स्थानमा उक्लिएको छ । आर्सनलले ७ खेलबाट १२ अंक जोडेको छ । ६ खेलबाट ७ अंक जोडेको युनाइटेड १५औं स्थानमा छ ।