Rumpum Advertisement
Dazzu

गम्भीर संक्रमितलाई नै छैन शय्या

गम्भीर संक्रमितलाई नै छैन शय्या

विराटनगर, १७ कात्तिक । गम्भीर प्रकृतिका कोरोना भाइरस संक्रमित अस्पतालमा सहजै शय्या नपाउँदा होम आइसोलेसनमा बस्न बाध्य भएका छन् ।

अस्पतालले सजिलैसँग शय्या उपलब्ध नगराउँदा गम्भीर प्रकृतिका संक्रमित ज्यान जोखिममा राखेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा ६ हजार ३ सय २२, प्रदेश २ मा १ हजार ७०, लुम्बिनी प्रदेशमा ३ हजार ६६, सुदूरपश्चिम प्रदेशमा ८६५, गण्डकी प्रदेशमा १३५९ र कर्णाली प्रदेशमा ४७० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३ सय ६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । ७८ जना भेन्टिलेटरमा र २ सय ८३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ