Rumpum Advertisement
Dazzu

विश्वमा संक्रमित संख्या चार करोड ६८ लाख नाघ्यो

विश्वमा संक्रमित संख्या चार करोड ६८ लाख नाघ्यो

विराटनगर, १७ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड ६८ लाख नाघेको छ ।

एकै दिन चार लाख ३२ हजार तीन सय ४१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड ६८ लाख दुई सय ४८ पुगेको हो । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ लाखबाट उकालो लागेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार एक सय ८५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुने संक्रमितको संख्या १२ लाख चार हजार नौ सय २९ पुगेको हो ।

संक्रमितमध्ये तीन करोड ३७ लाख २७ हजार छ सय ४८ जना उपचारपछि निको भएका छन् । एक करोड १८ लाख ६७ हजार छ सय ७१ जना उपचाररत रहेकोमा ८५ हजार दुई सय ६७ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा संक्रमित संख्या ९४ लाख ७२ हजार सात सय छ पुगेको छ । एकै दिन ७० हजार एक सय १६ नयाँ संक्रमित थपिए । कोरोनाका कारण अमेरिकामा दुई लाख ३६ हजार चार सय ६९ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा तीन सय ९७ जनाको मृत्यु भयो । संक्रमितमध्ये ६० लाख ९६ हजार छ सय ५७ जना उपचारपछि घर फर्किएका छन् । ३१ लाख ३९ हजार पाँच सय ८० जना उपचाररत रहेकोमा १७ हजार दुई सय २१ जनाको अवस्था गम्भीर छ ।

छिमेकी मुलुक भारतमा संक्रमित संख्या ८२ लाख २९ हजार तीन सय २२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार चार सय ४१ जना नयाँ बिरामी थपिएका छन् । संक्रमितमध्ये एक लाख २२ हजार छ सय ४२ जनाको मृत्यु भइसकेको छ । एकै दिन चार सय ९३ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ७५ लाख ४२ हजार नौ सय पाँच जना उपचारपछि घर फर्किएका छन् । पाँच लाख ६३ हजार सात सय ७५ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ५५ लाख ४५ हजार सात सय पाँच पुगेको छ । पछिल्लो समय संक्रमण दर कम हुँदै गएको ब्राजिलमा एक दिनमा १० हजार एक सय नयाँ बिरामी थपिए । एक लाख ६० हजार ७४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

४९ लाख ८० हजार नौ सय ४२ जनाको उपचार सफल भएको छ । चार लाख चार हजार छ सय ८९ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।