Rumpum Advertisement

कोलकताद्वारा राजस्थानलाई १९२ रनको लक्ष्य

कोलकताद्वारा राजस्थानलाई १९२ रनको लक्ष्य

विराटनगर, १६ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई जितका लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार दुबई रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १९१ रन बनाएको हो ।

कोलकताका लागि कप्तान इयोन मोर्गानले अजिवित ६८ रनको अर्धशतकीय इनिङ्स खेले । राहुल त्रिपाठीले ३९ बनाउँदा शुभमन गिलले ३६ रन जोडे ।

आन्द्रे रसेलले २५ रन बनाउँदा प्याट कुमिन्सले १५ रन जोडे । यस्तै नीतिश राना, सुनिल नारिने र दिनेश कार्तिक शून्य रनमै पेभिलियन फर्किए ।

राजस्थानका राहुल टेबाटियाले ३ विकेट लिँदा कार्तिक त्यागीले दुई तथा जोफ्रा आर्चर र श्रेयस गोपालले समान १–१ विकेट झारे ।