Rumpum Advertisement
Dazzu

झापामा चारजना कोरोना संक्रमितको घरमै मृत्यु

आइतबार प्रदेशमा आठजनाको ज्यान गयो

झापामा चारजना कोरोना संक्रमितको घरमै मृत्युआइतबार प्रदेशमा आठजनाको ज्यान गयो

विराटनगर, १६ कात्तिक । कोरोना संक्रमणका कारण झापामा ६ जनाको मृत्यु भएको छ । आइतबार झापामा चारजनाको होम आइसोलेशन र दुई जनाको अस्पतालमा मृत्यु भएको हो । आइतबार मोरङ र सुनसरीमा पनि एक–एक जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार आइतबार ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दमक नगरपालिकाका ३, कमल गाउँपालिका, गौरादह, शिवसत्ताक्षीका १–१ जना छन् । तीमध्ये चारजनाको घरमै मृत्यु भएको हो ।

चौलागाईका अनुसार कमल गाउँपालिका– ८ का ७७ वर्षीय पुरुष, गौरादह ९ का ७४ वर्षीय पुरुष र शिवसताक्षी– २ का ३८ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको हो । तीनै जनालाई केही दिनअघि कोरोना पोजेटिभ देखिएको थियो ।

आइतबार दमक नगरपालिका–३ का एकजना र वडा नम्बर ७ का दुईजनाको मृत्यु भएको छ । दमक नगरपालिकाका फोकल पर्सन बद्री बरालका अनुसार दमक–७ का ४९ वर्षीय पुरुषको नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । संक्रमित पुरुष १२ कात्तिकमा नोबेलमा भर्ना भएका थिए ।

दमक ३ का ७६ वर्षीय पुरुषको होम आइसोलेश्न र वडा नम्बर ७ की ५८ वर्षीय महिलालाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । ५८ वर्षीय महिलालाई १३ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान–९ का ६९ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डाक्टर आशिष श्रेष्ठले जानकारी दिए ।

विराटनगरका ७६ वर्षीय वृद्धको आइतबार साँझ कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । चार दिनअघि कोरोना पोजेटिभ देखिएका वृद्धमा मुटु रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।