Rumpum Advertisement
Dazzu

प्रधानमन्त्रीले भने : मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैन

प्रधानमन्त्रीले भने : मिडियामा आएजस्तो पार्टी विभाजनको अवस्था छैन


काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यममा आएजस्तो पार्टी विभाजनको अवस्था नरहेको बताएका छन् ।

उनले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाट कोरोनाका कारण सिर्जित परिस्थितिका कारण केही पातलो भएको बताउँदै यस्तो बताएका हुन् ।

उनले पार्टी ठीक ढंगबाट अगाडि बढ्नुपर्नेमा पनि जोड दिए । ‘उहाँहरूका लगातार एक खाले बैठकहरू चलिराखेका हुनाले यो के हुन लागेकाे हाे भनेर मैले साेधेकाे थिएँ । उहाँले त्यस्तो केही हाेइन भनेर भन्नुभो । बाहिर मिडियामा आएजस्तो होइन्’, उनले भने ।