Rumpum Advertisement
Dazzu

प्रधानमन्त्रीले निरीक्षण गरे गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

प्रधानमन्त्रीले निरीक्षण गरे गोदावरीमा निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र

ललितपुर, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

प्रधानमन्त्री ओली गोदावारी नगरपालिका–३ स्थित सम्मेलन केन्द्रको निर्माणबारे प्रगति बुझ्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठसहित आकस्मिक रूपमा गोदावरी पुगेका हुन् ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले अबको तीन महिनाभित्र काम सम्पन्न गर्न तथा महत्वपूर्ण कार्यक्रम यही केन्द्रमा गर्न सक्ने गरी तयारी गर्न निर्देशन दिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वर्तमान सरकार बनेको तीन वर्ष पुगेका दिन अर्थात आगामी फागुन ३ गते उद्घाटन गर्ने गरी तयार गर्न निर्देशन दिएका थिए ।

आगामी माघमा सम्पन्न गरी फागुन ३ मा उद्घाटन गर्ने व्यवस्था मिलाउन उनले शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीलाई निर्देशन दिए ।