Rumpum Advertisement
Dazzu

आफू निकट नेतासँग प्रचण्डको ब्रिफिङ ‘प्रधानमन्त्रीले पार्टी अलग गरौं भन्नुभयो’

आफू निकट नेतासँग प्रचण्डको ब्रिफिङ ‘प्रधानमन्त्रीले पार्टी अलग गरौं भन्नुभयो’

काठमाडाैं, १६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा फुट्न सक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् । शनिबार भएको भेटमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएको कार्यकारी अध्यक्ष प्रचण्डले आफू निकट नेताहरुलाई बताएका हुन ।

सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग आइतबार भएको छलफलमा प्रचण्डले ओलीबाट पार्टी फुटाउने चेतावनी आएको बताए ।

प्रधानमन्त्री ओलीसँगको भेटका विषयमा जानकारी दिन दाहालले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएका थिए । छलफलमा सहभागि नेताहरुले एकताको पक्षमा जोडि दिएका थिए ।

‘ प्रधानमन्त्रीले अब पार्टी अलग अलग चलाउ भन्नुभयो ।’ प्रचण्डको भनाई उद्दत गर्दै एक नेताले भने ‘ बैंठक नबोलाउने र बुहमतको निर्णय पनि मान्दिन भन्नुभयो ।’

दाहालको ब्रिफिङ सुनेपछि नेताहरुले कुनै हालतमा पार्टी विभाजन गर्न नहुने र बैठक राख्न पहल गर्नुपर्ने बताएका थिए ।

आइतवार दिउँसो नेकपा महासचिव विष्णु पौडेलले पनि पार्टी एकता गम्भिर संकटमा परेको बताएका थिए । सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछुु ।’

कर्णाली प्रदेशमा उत्पन्न पार्टी विवादले नेकपाका दुई अध्यक्षबीच दुरी बढेको थियो । विवादका कारण प्रधानमन्त्री ओली र प्रचण्डबीच ११ दिनपछि शनिवार भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए ।