Rumpum Advertisement
Dazzu

इब्राहिमोभिकको उत्कृष्ट गोल, मिलान शीर्ष स्थानमा

इब्राहिमोभिकको उत्कृष्ट गोल, मिलान शीर्ष स्थानमा

विराटनगर, १६ कात्तिक । एसी मिलान इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा उडिनेसमाथि २–१ गोलको जित निकाल्दै मिलान शीर्ष स्थानमा उक्लिएको हो ।

उडिनेसको मैदानमा भएको खेलमा मिलानले सुरुआती अग्रता बनाएको थियो । खेलको १८औं मिनेटमा फ्रान्क केस्सीको गोलमा मिलानले पहिलो हाफभरि अग्रता बनाएको थियो ।

खेलको ४८औं मिनेटमा घरेलु टोलीले पेनाल्टीको मौका पाएको थियो । जसमा रोड्रिगो डी पलले गोल गर्दै उडिनेसलाई खेलमा फर्काए ।

खेलको ८३औं मिनेटमा ज्लाटान इब्राहिमोभिकले उत्कृष्ट गोल गरेपछि मिलानले २–१ गोलको जित निकाल्यो । इब्राहिमोभिकले ‘बाइसाइकल’ गोल गरेका थिए ।

जितसँगै मिलानले ६ खेलबाट १६ अंक बनायो । उडिनेस भने ३ अंकसहित १८औं स्थानमा छ ।