Rumpum Advertisement

नेकपा फुट्ने बेकारकाे हल्ला : पूर्वमन्त्री बाँस्कोटा

नेकपा फुट्ने बेकारकाे हल्ला : पूर्वमन्त्री बाँस्कोटा

काठमाडाैं, १६ कात्तिक । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा फुट्ने बेकारकाे हल्ला भएको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेकपा फुट्ने बेकारकाे हल्ला भएकाे उल्लेख गरेका हुन् ।

२०७५ जेष्ठ ३ गते मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसर पारेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि अलग-अलग हुने दिशामा उन्मुख भएको हल्ला चलेपछि उनले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टी फुट्नको लागि सिद्धान्त र संगठनात्मक प्रणालीसहितकाे संकट उत्पन्न हुनुपर्ने बताउँदै उनले लेनदेनकाे ब्यापारिक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैतापछि समाधान भैहाल्ने बताए ।

उनले ट्वीटमा लेखेका छन्, ‘सिद्धान्त र संगठनात्मक प्रणालीसहितकाे सङकट उत्पन्न भएकाे भए पाे संकट मान्नु । लेनदेनकाे ब्यापारिक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैतापछि समाधान भैहाल्छ नि। बेकारकाे हल्ला ।’