Rumpum Advertisement
Dazzu

चेन्नईसँग पराजित हुँदै पञ्जाब आईपीएलबाट बाहिरयो

चेन्नईसँग पराजित हुँदै पञ्जाब आईपीएलबाट बाहिरयो

विराटनगर, १६ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा साविक उपविजेता चेन्नई सुपर किंग्सले आफ्नो छैटौं जित निकालेको छ ।

आइतबार चेन्नईले किंग्स एलेभेन पञ्जाबमाथि ९ विकेटको जित निकालेको हो ।

शेख जायद रंगशालामा पञ्जाबले जितका लागि दिएको १५४ रनको लक्ष्य चेन्नई १८.५ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

चेन्नईको जितमा रुतुराज गाइवाडले अजिवित ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फाप डु प्लेसिसले ४८ रन बनाउँदा अम्बाती रायडुले अजिवित ३० रन जोडे ।

पञ्जाबका क्रिस जोर्डानले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

पञ्जाबका दीपक हूडाले अर्धशतकीय इनिङ्स खेले । उनले अजिवित ६२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २९ रन बनाउँदा मयांक अग्रवालले २६ रन जोडे । मन्दीप सिंह १४ रनमा आउट हुँदा क्रिस गेलले १२ रन जोडे ।

चेन्नईका लुंगी नगिडीले ३ विकेट लिँदा इमरान ताहिर, रविन्द्र जडेजा र शार्दूल ठाकुरले समान एक–एक विकेट झारे ।

यससँगै पञ्जाब आईपीएलबाट बाहिरिने दोस्रो टिम बनेको छ । यसअघि नै चेन्नई बाहिरिसकेको छ ।

चेन्नईले १४ खेलबाट १२ अंक जोडेको छ भने चेन्नईसँग पनि समान अंक छ ।