Rumpum Advertisement
Dazzu

आईपीएल : पञ्जाबले चेन्नईलाई दियो १५४ रनको लक्ष्य

आईपीएल : पञ्जाबले चेन्नईलाई दियो १५४ रनको लक्ष्य

विराटनगर, १६ कात्तिक । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स एलेभेन पञ्जाबले चेन्नई सुपर किंग्सलाई जितका लागि १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार शेख जायद रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभर खेल्दा ६ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

पञ्जाबका दीपक हूडाले अर्धशतकीय इनिङ्स खेले । उनले अजिवित ६२ रन बनाए । यस्तै कप्तान केएल राहुलले २९ रन बनाउँदा मयांक अग्रवालले २६ रन जोडे ।

मन्दीप सिंह १४ रनमा आउट हुँदा क्रिस गेलले १२ रन जोडे ।

चेन्नईका लुंगी नगिडीले ३ विकेट लिँदा इमरान ताहिर, रविन्द्र जडेजा र शार्दूल ठाकुरले समान एक–एक विकेट झारे ।