Rumpum Advertisement
Dazzu

धरौटी शुल्क नलिई संक्रमितको उपचार गर्न सरकारको निर्देशन

धरौटी शुल्क नलिई संक्रमितको उपचार गर्न सरकारको निर्देशन

काठमाडाैं, १६ कात्तिक । सरकारले सरकारी अस्पतालहरूलाई धरौटी शुल्क नलिई उपचार गर्न निर्देशन दिएको छ ।

सरकारी निर्देशनअनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

उपत्यका तथा उपत्यकाबाहिर रहेका सबै सरकारी अस्पतालहरूले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरूलाई स्पष्टीकरणसमेत सोधिएको छ ।

सरकारले आफैं उपचार गराउनसक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि उनले बताए ।