Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज १६ सय २२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १६ सय २२ संक्रमित थपिए

काठमाडौं, १६ कात्तिक । काठमाडौं उपत्यकामा आइतबार थप १६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६ सय २२ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १३ सय ६२ जना, भक्तपुरका ९६ जना र ललितपुरका १६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २३ जनाको परीक्षणमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

आज थप २२ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।

आइतबार थप २३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।