Rumpum Advertisement
Dazzu

उच्च सतर्कता अपनाउन चिकित्सकको आग्रह

उच्च सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौ, १६ कात्तिक । चिकित्सकले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका बिरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अस्पतालमा नै काेराेना संक्रमणको जोखिम हुने भएकाले मौसमी फ्लुको लक्षण देखिएका बिरामीहरुलाई घरेलु उपचार गरि घरमै बस्न चिकित्सकले आग्रह गरेका हुन् ।

मौसम परिवर्तनसँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहनुपर्ने अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले बताइन् ।

अस्पतालहरुमा आईसीयू बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनुपर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरेकी हुन ।

मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने उनले बताइन ।