Rumpum Advertisement
Dazzu

कोरोनाबाट थप २३ जनाको मृत्यु

कोरोनाबाट थप २३ जनाको मृत्यु

विराटनगर, १६ कात्तिक । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्यान ९६० नाघेको छ ।

आइतबार थप २३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २३ जनाको परीक्षणमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

आज थप २२ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।