Rumpum Advertisement
Dazzu

कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुग्यो

कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुग्यो

विराटनगर, १६ कात्तिक । नेपालमा आइतबार थप २८ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २३ जनाको परीक्षणमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

आज थप २२ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।

आइतबार थप २३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।