Rumpum Advertisement
Dazzu

आइतबार थप २२ सय ६४ जना कोरोनामुक्त

आइतबार थप २२ सय ६४ जना कोरोनामुक्त

विराटनगर, १६ कात्तिक । नेपालमा आइतबार थप २२ सय ६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २२ सय ६४ संक्रमित निको भएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ३४ हजार ८४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २३ जनाको परीक्षणमा थप २८ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ ।

आज थप २३ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।