Rumpum Advertisement
Dazzu

पार्टी एकताको रक्षा गर्न पौडेलको अनुरोध

पार्टी एकताको रक्षा गर्न पौडेलको अनुरोध

विराटनगर, १६ कात्तिक । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा कार्यकर्ताहरुसमक्ष अनुरोध गरेका छन् ।

आइतबार दिउँसो ट्विट गर्दै पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको उल्लेख गरेका छन् ।

‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुसमक्ष अनुरोध गर्दछु,’ उनले ट्विटरमा लेखेका छन् ।