Rumpum Advertisement
Dazzu

‘मेस्सीलाई व्यवस्थापन गर्न मुस्किल’

‘मेस्सीलाई व्यवस्थापन गर्न मुस्किल’

विराटनगर, १६ कात्तिक । बार्सिलोनाका पूर्वप्रशिक्षक क्वीक सेटिनले लियोनल मेस्सीलाई व्यवस्थापन गर्न कठिन भएको उल्लेख गरेका छन् । केही महिनाअघि बार्सिलोनाबाट बर्खास्तीमा परेका सेटिनले ‘एल पेरिस’सँगको अन्तर्वार्तामा मेस्सीलाई व्यवस्थापन गर्न मुस्किल परेको उल्लेख गरेका हुन् ।

रियल बेटिसका पूर्वप्रशिक्षकसमेत रहेका सेटिनले क्याप नोउबाट ६ महिनामै बिदा लिएका थिए । जनवरीमा अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्त गर्दै सेटिनलाई उनको स्थानमा ल्याएको थियो । तर, च्याम्पियन्स लिगअन्तर्गत बायर्न म्युनिखसँग ८–२ गोलको लज्जास्पद हारपछि उनलाई बार्सिलोनाले बर्खास्त गरेको हो ।

‘मेरो विचारमा मेस्सी सर्वकालीन महान खेलाडी हुन् । त्यहाँ अरु पनि खेलाडी महान छन् । तर, त्यहाँ मेस्सीले जस्तो निरन्तरता अरुले दिन सकेनन् । मेस्सीलाई सम्हाल्न कठिन छ । म को हुँ र उनलाई परिवर्तन गर्न सकूँ । यदि, उनीहरू (बार्सिलोना) ले उनलाई लामो समयका लागि स्वीकार्छन् भने उनलाई परिवर्तन गर्न हुँदैन,’ उनले भने ।

‘उनलाई व्यवस्थापन नसक्नुका अरु पनि कारण छन् । उनी धेरै नै आरक्षित छन् तर उनले तपाईंलाई आफूले चाहेको कुराहरू देखाउने बनाउँदछन् । उनी धेरै कुरा गर्न पनि रुचाउँदैनन्’, उनले थपे ।