Rumpum Advertisement

एक वर्षभन्दा धेरै समयपछि हाजार्डको गोल : तर भएनन् खुशी

एक वर्षभन्दा धेरै समयपछि हाजार्डको गोल : तर भएनन् खुशी

विराटनगर, १६ कात्तिक । रियल मड्रिडका स्टार इडेन हाजार्डले ७ अगस्टबाट खेल्न पाएका थिएनन् । च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको दोस्रो लेगको खेलयता मैदानबाहिर रहेका बेल्जियन स्टार हाजार्डले शनिबार सिजनको पहिलो खेल खेले ।

शनिबार बेलुका ला लिगाअन्तर्गत हुएस्कासँगको खेलबाट मैदान फर्किएका उनले एक गोल पनि गरे । सो खेलमा रियलले ४–१ गोलको जित निकालेको थियो ।

आफ्नै मैदानमा भएको खेलमा रियलले शानदार जित निकाल्दा हाजार्डले उत्कृष्ट गोल गरेका थिए । ३९२ दिनपछि गोल गरेका गरेका हाजार्डले खुशीयाली भने मनाएनन् ।

गोलपछि पनि उनको अनुहारमा मुस्कान देखिएको थिएन । सहकर्मीहरूले बधाई दिँदा पनि उनले सेलिब्रेसन गरेनन् ।

पछिल्लो पटक उनले ५ अक्टोबर २०१९ मा ग्रानडाविरुद्ध गोल गरेका थिए । जुलाइ २०१९ मा चेल्सीबाट स्पेन आएका उनको त्यो डेब्यू गोल थियो ।

प्रायःगरी घाइते भइरहने उनले स्पेन आइकन रियलबाट मात्र दुई गोल गरेका छन् ।

हाजार्डले रियलबाट जम्मा २४ खेल मात्र खेलेका छन् । जसमा उनले २ गोल र ७ असिस्ट गरेका छन् ।