Rumpum Advertisement
Dazzu

वैवाहिक जीवनमा बाँधिइन् काजल अग्रवाल

वैवाहिक जीवनमा बाँधिइन् काजल अग्रवाल

विराटनगर, १६ कात्तिक । बलिउड तथा साउथ फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्री काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

उनले ३० अक्टोबर शनिबारका दिन आफ्ना प्रेमी गौतम किचलुसँग विवाह गरेकी हुन् । विहेपछि काजल आफैंले सामाजिक सञ्जालमा केही तस्बिर शेयर गरेकी छिन् । कोभिडको संक्रमणको कारण वैवाहिक समारोहमा केवल परिवारका सदस्य र नजिकका साथीहरूको मात्र उपस्थिति रहेको थियो । यी दुईको विवाह पञ्जाबी र कश्मिरी दुवै तरिकाले भएको थियो ।

विहेपछि गौतम र काजल मुम्बईमा रहेको नयाँ घरमा सिफ्ट हुने तयारीमा छन् । काजल आफ्नो जीवनलाई नयाँ तरिकाले सुरु गर्न उत्साहित छिन् । केही समय अघिमात्र काजलले विवाहपछि पनि अभिनय गरिरहने र दर्शकहरूलाई मनोरञ्जन गराइरहने घोषणा गरेकी थिइन् । काजल लकडाउनअगाडि शंकरले निर्देशन गर्ने ‘इन्डियन’ को छायांकनमा व्यस्त थिइन् ।