Rumpum Advertisement
Dazzu

प्रिमियर लिग : युनाइटेड र आर्सनल भिड्दै

प्रिमियर लिग : युनाइटेड र आर्सनल भिड्दै

विराटनगर, १६ कात्तिक । इंग्लिस प्रिमियर लिगमा आज दुई क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले एक–अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाली समयानुसार राति १०ः१५ बजेबाट सुरु हुने उक्त खेल युनाइटेडको मैदानमा हुनेछ ।

ओल्ड ट्राफोर्डमा यी दुई एक–अर्कालाई हराउने लक्ष्यका साथ मैदान उत्रिनेछन् । युनाइटेड आज तेस्रो जितको खोजीमा हुनेछ । युनाइटेड ५ खेलबाट ७ अंक जोड्दै हाल १५औं स्थानमा छ ।

आर्सनल भने चौथो जितको खोजीमा छ । १२औं स्थानको आर्सनलले ६ खेलबाट ९ अंक बनाएको छ ।

यस्तै आजको अर्को खेलमा टोटनह्याम हटस्पर र ब्राइटनले खेल्दैछन् । राति १ बजेबाट सुरु हुने सो खेल टोटनह्यामको मैदानमा हुनेछ । टोटनह्याम ११ अंकसहित सातौं स्थानमा रहँदा ब्राइटन ५ अंकका साथ १६औं स्थानमा छ ।

त्यसैगरी बेलुका ७ः४५ बजे १४औं स्थानको न्यूकासलले दोस्रो स्थानको इभर्टनको सामना गर्दैछ । साँझ ५ः४५ मा भने एस्टोन भिल्ला र साउथह्याम्पटनले खेल्दैछन् ।