Rumpum Advertisement
Dazzu

टाइफुन गोनी : फिलिपिन्समा यस वर्षकै सबभन्दा शक्तिशाली आँधी

टाइफुन गोनी : फिलिपिन्समा यस वर्षकै सबभन्दा शक्तिशाली आँधी

विराटनगर, १६ कात्तिक । यस वर्ष एशियाको सबभन्दा शक्तिशाली आँधी टाइफुन गोनी फिलिपिन्समा २२५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको छ । स्थानीय समयअनुसार बिहान ४ः५० मा क्याटनडनस् टापुबाट टाइफुन गानी सुरु भएको राष्ट्रिय मौसम विभागले जानकारी दिएको छ । यसले मुख्य टापु लुजोनलाई पार गरिसकेको छ जहाँ फिलिपिन्सको राजधानी मनिला रहेको छ ।

दशौं लाख मानिसहरुले आफ्नो घर छाडिसकेका छन् । फिलिपिन वातारणीय, भौगोलिक तथा खगोलीय विभाग व्यवस्थापनका अनुसार लुजनम, भिसाया र मिण्डानाओ टापुमा हुनसक्ने भारी वर्षाका कारण बाढी, पहिरो, भूस्खलन साथै नदीको प्रवाह पनि तीव्ररुपमा बढ्नसक्ने चेतावनी दिएको छ ।

‘आउँदो १२ घण्टामा विनासकारी हुरी र अति भारी वर्षाको सम्भावना रहेको छ’ भनी बताइएको छ । उक्त आँधी २५ किलोमिटर प्रतिघण्टाको दरले पश्चिमतर्फ बग्नेछ र मनिलाको दक्षिणी भाग लुजनलाई पार गर्नेछ र आइतवार अपरान्ह दक्षिण चाइनातर्फ बहन सुरु गर्नेछ । फिलिपिन्समा रोल भनेर चिनिने गोनी फिलिपिन्समा सबैभन्दा शक्तिशाली तुफान हो किनकि २०१३ मा टाइफुन हैयानले ६००० भन्दा बढी मानिसको ज्यान लियो ।

यस पटकको पूर्व तयारीमा जुट्नका लागि कोभिड १९ भाइरसले धेरै कठिन बनाएको छ जसको कारणले तीन लाख ८० हजार ७३९ जना संक्रमित भइसकेका छन् भने सात हजार दुई सय २१ जनाको मृत्यु भइसकेको छ । ‘कोभिड १९ भाइरस हाम्रो लागि ठूलो चूनौतीकोे रुपमा खडा भएको र योसँगै अर्को प्रकोप आउन लागिरहेको छ,’ राष्ट्रपति रोड्रिगो दुतर्टेका मुख्य समहोगी क्रिस्टोफर गोले एक भर्चुअल समाचार छलफल कार्यक्रममा बताएका थिए ।

सभिल डिफेन्स प्रमुख रिकार्डो जलादले भने किलुजनको पूर्वी विकोल क्षेत्रमा करिब १० लाख मानिसले आफ्नो घर छोडिसकेका छन् । ‘मिनला र नजिकै बुलाकान प्रान्तमा ठूलो शिविरमा राखिएका करिब एक हजार कोरोना भाइरसका बिरामीहरुलाई ठूला होटल र अस्पतालमा सार्न सकिन्छ,’ उनले बताए ।

स्थानीयवासीहरुलाई भारी वर्षाका कारण आउन सक्ने बाढी र पहिरोवाट बच्नका लागि तयार रहन सबैलाई आग्रह गरिएकोे छ । ‘हाम्रो पूर्वी तटमा आँधीबेहरी बढेको छ, यसले निम्त्याउन सक्ने हरेक जोखिमलाई नियालिरहेका छौं,’ राष्ट्रिय विपद जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदका मार्क टिम्बलले स्थानीय सञ्चार एबीएस–सीबीएनलाई बताए ।

सबै बन्दरगाह र विमानस्थाहरु बन्द गरिएका छन् । आपकालीन आश्रय प्रदान गर्नका लागि विद्यालय, जिमखाना र सरकारी सञ्चालन केन्द्रहरुलाई खाली गराइँदै छ । कोभिड १९ आपतकालीन व्यवस्थापन मिलाउनका लागि सबैभन्दा चुनौती रहेको बिगोल क्षेत्रीय नागरिक प्रतिरक्षाका प्रवक्ता अलेक्सिस नाजले एएफपीलाई जानकारी गराए ।