Rumpum Advertisement
Dazzu

ललितपुरमा आठ हजार कोरोना संक्रमित

ललितपुरमा आठ हजार कोरोना संक्रमित

ललितपुर, १६ कात्तिक । ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा बढी नाघेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या आठ हजार ४६३ पुगेको हो ।

त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको संख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४१० पुगेको कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

उनले भने, ‘मुलुकमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ ।’

ललितपुरमा २० देखि ४० वर्ष उमेर समुहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेरमाथिका धेरै संक्रमित संख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूहमाथिकै मानिसको संख्या बढी रहेको गेलालको भनाइ छ ।

कूल संक्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घरोगका बिरामी रहेका गेलालले जानकारी गराए । ‘संक्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्,’ उनले थपे, ‘जिल्लाभर संक्रमित संख्या बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ ।’ रासस