Rumpum Advertisement
Dazzu

युभेन्टस र स्पेजिया भिड्दै, रोनाल्डो पनि टोलीमा

युभेन्टस र स्पेजिया भिड्दै, रोनाल्डो पनि टोलीमा

काठमाडौं १६, कात्तिक । इटालियन क्लब युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदान फर्किने भएका छन् । सिरी ‘ए’ अन्तर्गत आइतबार हुने खेलका लागि पोर्चुगिज स्टार रोनाल्डो मैदान फर्किने भएका हुन् ।

साविक विजेता युभेन्टसले नेपाली समयानुसार आज बेलुका ७ः४५ बजे स्पेजियासँग खेल्दैछ । स्पेजियाको मैदानमा हुने यस खेलबाट ३५ वर्षीय रोनाल्डो मैदान फर्किने भएका हुन् ।

युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डोलाई यस खेलका लागि प्रारम्भिक टोलीमा राखेका हुन् ।

रोनाल्डो केही समयअघि कोरोना संक्रमण भइ होम आसोलेसनमा थिए । कोरोना संक्रमण भएपछि रोनाल्डो तीन सातायता मैदानबाहिर थिए । कोरोना देखिएपछि रोनाल्डोले युभेन्टसको ४ खेल गुमाएका थिए ।

भाइरसमुक्त भएका उनले सुरुआती ११ मै रहेर खेल सुरुआत नगरे पनि उनी टोलीमा हुने प्रशिक्षक पिर्लोले बताए ।

उनले भने, ‘क्रिस्टियानो अहिले पूर्ण रूपमा स्वस्थ छन् । उनले घरमा प्रशिक्षण गरेका थिए । तथापि, मैदानमा प्रशिक्षण गरेजस्तो घरमा हुँदैन । मलाई लाग्दैन कि उनले सुरुबाटै खेल्न सक्छन् तर उनी हाम्रा लागि महत्त्वपूर्ण खेलाडी हुन् र उनी हामीसँग केसेना (स्पेजियाको मैदान) मा हुनेछन् ।’

घरेलु टिमविरुद्ध मैदान उत्रँदा युभेन्टस जित निकाल्दै शीर्ष तीनभित्र उक्लने दाउमा छ । युभेन्टस ५ खेलमा ९ अंक जोडेर छैटौं स्थानमा छ । स्पेजिया भने ५ अंक जोडेर १५औं स्थानमा छ ।