Rumpum Advertisement
Dazzu

कोरोना भाइरसविरुद्धको खोप डिसेम्बरसम्म तयार हुने

कोरोना भाइरसविरुद्धको खोप डिसेम्बरसम्म तयार हुने

विराटनगर, १६ कात्तिक । कोरोना भाइरसविरुद्धको खोप डिसेम्बरसम्म तयार हुने सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले जानकारी गराएको छ ।

ओक्सफोर्ड–एस्ट्राजेनेका खोप उम्मेदवारको उत्पादन र मार्केटिङ इन्स्टिच्यूटले भारतमा डिसेम्बरसम्म चाँडोभन्दा चाँडो खोपको डोज तयार पार्न तयारी गरिरहेको जनाइएको छ । खोपको नाम कोविसिल्ड राखिएको छ । एसआईआईका सीईओ अदार पुनावालाले घोषणा गरेअनुसार १० हजार डोजको पहिलो ब्याच २०२१ को दोस्रो वा तेस्रो महिनामा आइपुग्ने तयारी छ ।

सरकारले कम्पनीमा आपतकालीन प्राधिकरण जारी गरेमा यो सम्भव हुने बताइएको छ । सिरम इन्स्टिच्युटले भारतमा यो खोपको अन्तिम ट्रायल गरिरहेको छ । एसआईआईले नोभाभाक्स नामक अर्को खोप उम्मेद्वारको ट्रायल सुरू गर्न पनि काम गरिरहेको छ । डिसेम्बरसम्म खोपको परीक्षण सकाउनु पर्ने हुन्छ, त्यसपछि भारतमा खोप जनवरीसम्म लन्च गरिसक्ने पुनावाला बताउँछन् ।

बेलायतको क्लिनिकल ट्रायलको तथ्यांकमाथि यो निर्भर हुने हुँदा जनवरीसम्ममा पूरा भैसकेको हुन सक्ने अनुमान लगाइएको छ ।