Rumpum Advertisement
Dazzu

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ

झापा, १६ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ स्थित सीमा एरियाबाट प्रतिबन्धित लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्जिलिङ पश्चिम बङ्गाल खोरोबारीका २५ वर्षीय साधिक आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई हिजो अपरान्ह पौने ४ बजे नियन्त्रणमा लिएका थियो ।

नियन्त्रणपश्चात उनीमाथि चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको २६ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रही कार्यालयले झापाले जनाएको छ ।