Rumpum Advertisement
Dazzu

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

सुनसरी, १६ कात्तिक । सुनसरी रामधुनी–२ शिवनगरस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामधुनी–२ शिवनगरका २४ वर्षीय निमेश चौधरी र मोटरसाइकल पछाडि सवार रहेका सोही स्थानका २३ वर्षीय जीवन चौधरी रहेका छन् ।

हिजो राती साढे ८ बजे को२६प ५६५१ नम्बरको मोटरसाइकलले छेउमा रोकी राखेको को२त ९८७६ नम्बरको ट्रयाक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकल चालक निमेश र पछाडि सवार जीवन गम्भीर घाइते भएका थिए ।

उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा राती साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।