Rumpum Advertisement
Dazzu

उर्लाबारीमा अर्धनग्न अवस्थामा युवतीको शव भेटियो

उर्लाबारीमा अर्धनग्न अवस्थामा युवतीको शव भेटियो

विराटनगर, १६ कात्तिक । मोरङको उर्लाबारीमा अर्धनग्न अवस्थामा युवतीको शव भेटिएको छ । पूर्व–पश्चिम राजमार्गमा शनिबार राति शव भेटिएको हो ।

शरिरको माथिल्लो भागमा लगाएको कपडा च्यातिएको अवस्थामा भेटिएकी महिलाको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

इलाका प्रहरी कार्यायल उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अन्दाजी ३०–३५ वर्षको जस्तो देखिने महिलाको सवारी दुर्घटनामा मृत्यु भएको बताए ।

गाडीले केही मिटर घिसारेको अवस्थामा शव भेटिएको बताउँदै उनले दुर्घटनापछि फरार रहेको सवारीको खोजी जारी रहेको बताए ।

‘राति गाडीमा कपडा अल्झिएका कारण च्यातिएको हुनसक्छ,’ उनले भने, ‘राति गस्तीमा गएको टोलीले शव फेला पारेको हो । अनुसन्धान जारी राखेका छौं ।’

राई लिम्बू समुदायको जस्तो देखिने महिलाको पहिचान गर्ने प्रयास जारी रहेको उनले बताए ।