Rumpum Advertisement
Dazzu

रिलिज हुनु केही दिनअगाडि अक्षय अभिनित ‘लक्ष्मी बम’ को नाम परिवर्तन

रिलिज हुनु केही दिनअगाडि अक्षय अभिनित ‘लक्ष्मी बम’ को नाम परिवर्तन

विराटनगर, १६ कात्तिक । ९ नोभेम्बरबाट डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी बम’ को नाम परिवर्तन गरिएको छ ।

फिल्मको नाम ‘लक्ष्मी बम’बाट ‘लक्ष्मी’ राखिएको छ । फिल्मको नामले धार्मिक भावनालाई चोट पु¥याएको र देवी लक्ष्मीको अपमान भएको आरोप लगाउँदै धेरै हिन्दू संगठनले फिल्मको नाममा विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गर्नुपरेको जनाएको छ ।

हिन्दू समुदायको भावनामा ठेस पुर्‍याएको भन्दै करणी सेनाले कानुनी सूचनासमेत पठाएको थियो । भारतीय सेन्सर बोर्डसँगको सल्लाहमा फिल्मका निर्माताले नाम परिवर्तन गर्ने निर्णय गरेका हुन् । ‘लक्ष्मी’ हरर कमेडी तमिल ब्लकबस्टर फिल्म मुनी २ः कंचनाको रिमेक हो । हिन्दी भर्जनको फिल्मलाई राघव लरेन्सले निर्देशन गरेका हुन् ।

फिल्ममा अक्षय र कियराका साथ तुषार कपुर, शरद केलकर, अश्विनी कलसेकरलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ ।