Rumpum Advertisement
Dazzu

स्काउटरको संघर्ष समितिमा गडेरी

स्काउटरको संघर्ष समितिमा गडेरी

विराटनगर, १६६ कात्तिक । स्काउटरहरुको भेलाले मोरङ स्काउटका पूर्व जिल्ला संगठन आयुक्त गोविन्दकुमार गडेरीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ ।

स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनीतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ । समितिमा सदस्यहरुमा नारायण खवास, मनिष आचार्य, अच्युत निरौला, कविता राजवंशी, कृष्ण सहनी, विजेश यादव, नयनकुमार सरकार, विवेक तिम्सिना, प्रवलदीप विश्वास, प्रल्हाद राजवंशी, रजनी सुब्बा रहेका छन् ।

जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टि जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । प्रदेशस्तरीय समितिमा स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेकोलगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।