Rumpum Advertisement
Dazzu

विदेशमा थप हजार नेपालीमा कोरोना संक्रमण

विदेशमा थप हजार नेपालीमा कोरोना संक्रमण

विराटनगर, १६ कात्तिक । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप नौ सय ६३ जना नेपालीहरुलाई कोरोना संक्रमण देखिएको हो । संक्रमतिमध्ये चार सय ५० जना रोमानियामा रहेका नेपालीहरु छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्यान्ड, स्पेन, कतार, भारत, क्यानाडा र युकेका रहेका नेपाली कोरोना भाइरसबाट संक्रमण भएका हुन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

विदेशमा ४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार पाँच सय ६९ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार पाँच सय ६५ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म १९ देशका दुई सय ८४ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको गैरआवासीय नेपाली संघले जनाएको छ ।