Rumpum Advertisement
Dazzu

आठ लाख ८९ हजारसहित केराबारीबाट पाँच जुवाडे पक्राउ

आठ लाख ८९ हजारसहित केराबारीबाट पाँच जुवाडे पक्राउ

विराटनगर, १६ कात्तिक । प्रहरीले मोरङको केराबारी गाउँपालिकाबाट पाँचजनालाई तास खेलिरहेकाे अवस्थामा पक्राउ गरेको छ । ८ लाख ८९ हजार रुपैयाँसहित शनिबार बेलुका केराबारी गाउँपालिका– ६ बाट पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिका– ६ का ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर छन् । त्यस्तै सुनसरी धरान उप–महानगरपालिका वडा– १५ का ३६ वर्षीय अरूण केसी, धरान– ६ का ३६ वर्षीय हरि खत्री, धरान– १५ का ३८ वर्षीय शैलेस भुजेल छन् ।

भुपेन्द्र भट्टराईको घरमा जुवा तास खेलि रहेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले पाँचजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट ८ लाख ८९ हजार २५० रुपैयाँ, १३ बुक तास, चारवटा मोटरसाइकल र स्कुटर बरामद भएको छ ।