Rumpum Advertisement
Dazzu

प्रदेशमा १९ हजार नाघे संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

प्रदेशमा १९ हजार नाघे संक्रमित, कुन जिल्लामा कति संक्रमित ?

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । शनिबारसम्म प्रदेशमा संक्रमितको संख्या १९ हजार नाघेको हो ।

संक्रमित मध्ये नौं हजार मोरङ जिल्लाका छन् । सुनसरीमा ६ हजार बढी कोरोना संक्रमित छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा कोरोना संक्रमितको संख्या १९ हजार १७५ पुगेको छ । संक्रमित मध्ये १० हजार ८५० जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा ८१६२ सक्रिय संक्रमित छन् । संक्रमित मध्ये अधिकांश घरमै बसेका छन् ।

प्रदेशमा १९३ जनाकाे मृत्यु भएकाे छ । तर मन्त्रालयले भने १८३ जनाकाे मात्रै मृत्यु भएकाे जनाएकाे छ ।

कुन जिल्लामा कति संक्रमित ?

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा कोरोना संक्रमित ९ हजार ८९ जना छन् । ती मध्ये ५ हजार २२६ जना संक्रमण मुक्त भएका छन् ।

सुनसरीमा कोरोना संक्रमितको संख्या ६ हजार ३८४ पुगेकाे छ । सुनसरीमा ३५४८ जना संक्रमण मुक्र भएका छन् । झापामा २१६८ जना कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । झापामा ११०२ जना संक्रमण मुत्तः भएका छन् ।

मन्त्रालयका अनुसार उदयपुरमा ३०५, इलाममा १९६, संखुवासभामा१५७, धनकुटामा१०५ कोरोना संक्रमित छन् ।

त्यस्तै ताप्लेजुङमा ३५, पाँचथरमा ३९, तेह्रथुममा ६०, खोटाङमा ५५ सोलुखुम्बुमा १९, भोजपुरमा ५०, ओखलढुंगामा ३५ जना कोरोना संक्रमित छन् । प्रदेश १ मा संक्रमण पुष्टि भएका मध्ये ४७८ अन्य प्रदेशका हुन ।