Rumpum Advertisement
Dazzu

फेलिक्स चम्किँदा एथ्लेटिकोको जित

फेलिक्स चम्किँदा एथ्लेटिकोको जित

विराटनगर, १६ कात्तिक । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले ओसासुनालाई हराएको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई ३–१ गोलले हराएको हो ।

ओसासुनाको मैदानमा एथ्लेटिकोलाई जिताउन जाओ फेलिक्सले दुई गोल गर्दा लुकास टोर्रेइराले एक गोल गरे । ओसासुनाका एन्टे बडिमिरले एक गोल गरे ।

फेलिसक्ले खेलको ४३औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पहिलो हाफभरि एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । ६९औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए ।

८०औं मिनेटमा बडिमिरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ८८औं मिनेटमा टोर्रेइराले गोल गर्दै एथ्लेटिकोलाई ३–१ गोलले जिताए ।

जितसँगै तेस्रो स्थानको एथ्लेटिकोले ६ खेलबाट १४ अंक बटुलेको छ । ओसासुना भने १० अंकसहति नवौं स्थानमा छ ।