Rumpum Advertisement
Dazzu

संक्रमणको दोस्रो चरणसुरु भएसँगै बेलायतमा पून लकडाउन

संक्रमणको दोस्रो चरणसुरु भएसँगै बेलायतमा पून लकडाउन

विराटनगर, १६ कात्तिक । कोरोना संक्रमणको दोस्रो चरणसुरु भएसँगै बेलायतमा पून लकडाउन घोषणा भएको छ । आउँदो बिहीबारदेखि बेलायतमा दोस्रो पटक देशव्‍यापी लकडाउन घोषणा भएको हो ।

बिहीबारबाट सुरु हुने लकडाउन चार हप्तासम्म रहनेछ । यसअघि बेलायतमा गत मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी लकडाउनमा विगतमा जस्तो स्कुल, कलेज तथा विश्वविद्यालय बन्द नहुने बताए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहनेछ ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पब बन्द भए पनि टेक–वे सेवा सुचारु हुनेछ ।

बेलायतमा कोरोना संक्रमितको संख्या १० लाख ११ हजार बढी छन् । पछिल्लो २४ घण्टामा बेलायतमा २१ हजार कोरोना संक्रमित थपिएका थिए ।