Rumpum Advertisement

बायर्न शीर्ष स्थानमा

बायर्न शीर्ष स्थानमा

विराटनगर, १६ कात्तिक । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले साघुँरो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नमाथि २–१ गोलको जित निकालेको हो ।

कोल्नको मैदानमा बायर्नले सुरुआती अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा थोमस मुलरले पेनाल्टीमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

८२औं मिनेटमा कोल्नका डोमिनिक ड्रेक्लरले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गोल नहुँदा बायर्नले २–१ गोलको जित निकाल्यो ।

जितसँगै बायर्नले ६ खेलबाट १५ अंक जोड्दै शीर्ष स्थान बनायो । समान अंक भएको बोरुसिया डर्टमुमण्ड गोलान्तरको आधारमा पछि पर्दै दोस्रो स्थानमा छ ।

पराजित कोल्न भने २ अंकका साथ १६औं स्थानमा छ ।