Rumpum Advertisement

कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १२ लाख नजिक

कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १२ लाख नजिक

विराटनगर, १६ कात्तिक । विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६४८८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२ लाख नजिक पुगेको हो ।

वल्डोमिटरको तथ्याङक अनुसार विश्वमा मृतकको संख्या ११ लाख ९९ हजार ७२७ पुगेको छ । संक्रमितको संख्या ४ करोड ६३ लाख ७४ हजार पुगेको छ । संक्रमित मध्ये ३ करोड ३४ लाख ७९ हजार संक्रमण मुक्त भएका छन् ।

वल्डोमिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ८६ हजार, भारतमा ४६ हजार, ब्राजिलमा १६ हजार रसियामा १८ हजार र फ्रान्समा ३५ हजार कोरोना संक्रमित थपिएका छन् ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा संक्रमितको संख्या ९४ लाख २ हजार पुगेको छ । भारतमा ८१ लाख ८२ हजार, ब्राजिलमा ५५ लाख ३५ हजार, रसियामा १६ लाख १८ हजार र फ्रान्समा १३ लाख ६७ हजार पुगेको छ ।